तपाई हाम्रो आफ्नै Our Crsa Nepal ब्लगमा हार्दिक स्वागत गर्दछौं यहाँहरु सबैलाई।

Friday 27 April 2012

हाम्रेा बारेमा

CHRISTIAN RESCUE SERVICE ASSOCIATON OF NEPAL
(CRSA-NEPAL)

WELCOME TO YOU!

सम्पर्क

सलाह सुझाब र प्रतिक्रियाको लागी:

मन्त्रीको झूठ देशको बदनाम



मन्त्री पाण्डे
"राजाको प्रत्यक्ष शासनमा नेपालको अन्तर्रर्ााट्रय इज्जत बढेर गएको" भाषण गर्ने परराष्ट्रमन्त्री, रमेशनाथ पाण्डे ठाडै झूठ बोल्छन् भन्ने पोल अब विदेशीका सामु पनि खुलेको छ । पाण्डेको पोल खोलिदिने काम गरेको छ रूसको विदेश मन्त्रालयको एउटा विज्ञप्तिले । संयुक्त राष्ट्रसंघको ६० औँ साधारण सभामा नेपाली टोलीको नेतृत्व गरेर स्वदेश र्फकनासाथ रूस र पाकिस्तानको साताव्यापी भ्रमणमा निस्केका मन्त्री पाण्डेले मस्कोमा यही ८ कात्तिकमा रूसी विदेशमन्त्री र्सर्गेइ ल्याभ्रोभसँग भेटवार्ता गरेका थिए । उक्त भेटपछि, सोही दिन मस्कोस्थित नेपाली दूतावासमार्फ "आतङ्कवाद र उग्रवादलाई परास्त गर्न तथा नगरपालिका र आम चुनावमार्फ् शान्ति र स्थायित्व बहाल गर्न तथा अर्थपर्ूण्ा प्रजातान्त्रिक अभ्यासलाई पुनः उर्जा दिन श्री ५ महाराजाधिराजबाट उठाइबक्सेका कदमहरूप्रति रूसी सरकारले पूर्ण, स्पष्ट र दृढ र्समर्थन गरेको" विज्ञप्ति प्रकाशित गरियो । सो विज्ञप्ति पाण्डे स्वयंले तयार पारेका थिए ।