तपाई हाम्रो आफ्नै Our Crsa Nepal ब्लगमा हार्दिक स्वागत गर्दछौं यहाँहरु सबैलाई।

Friday 27 April 2012

मन्त्रीको झूठ देशको बदनाम



मन्त्री पाण्डे
"राजाको प्रत्यक्ष शासनमा नेपालको अन्तर्रर्ााट्रय इज्जत बढेर गएको" भाषण गर्ने परराष्ट्रमन्त्री, रमेशनाथ पाण्डे ठाडै झूठ बोल्छन् भन्ने पोल अब विदेशीका सामु पनि खुलेको छ । पाण्डेको पोल खोलिदिने काम गरेको छ रूसको विदेश मन्त्रालयको एउटा विज्ञप्तिले । संयुक्त राष्ट्रसंघको ६० औँ साधारण सभामा नेपाली टोलीको नेतृत्व गरेर स्वदेश र्फकनासाथ रूस र पाकिस्तानको साताव्यापी भ्रमणमा निस्केका मन्त्री पाण्डेले मस्कोमा यही ८ कात्तिकमा रूसी विदेशमन्त्री र्सर्गेइ ल्याभ्रोभसँग भेटवार्ता गरेका थिए । उक्त भेटपछि, सोही दिन मस्कोस्थित नेपाली दूतावासमार्फ "आतङ्कवाद र उग्रवादलाई परास्त गर्न तथा नगरपालिका र आम चुनावमार्फ् शान्ति र स्थायित्व बहाल गर्न तथा अर्थपर्ूण्ा प्रजातान्त्रिक अभ्यासलाई पुनः उर्जा दिन श्री ५ महाराजाधिराजबाट उठाइबक्सेका कदमहरूप्रति रूसी सरकारले पूर्ण, स्पष्ट र दृढ र्समर्थन गरेको" विज्ञप्ति प्रकाशित गरियो । सो विज्ञप्ति पाण्डे स्वयंले तयार पारेका थिए ।

 
तर, मुलुकको दर्ुभाग्य, त्यसको भोलिपल्ट रूसी विदेश मन्त्रालयले उक्त भेटवार्ता सम्बन्धी छुट्टै विज्ञप्ति जारी गर्‍यो, जसमा मन्त्री पाण्डेले दाबी गरेका कुनै पनि कुरा छैनन् । रूसी विदेश मन्त्रालयको आधिकारिक बेवसाइटमा राखिएको उक्त विज्ञप्तिमा "वार्ताका क्रममा रूस तथा नेपालबीच कायम परम्परागत मैत्री सम्बन्धलाई सुदृढ गर्ने तथा राजनीतिक, आर्थिक, व्यापारिक, शैक्षिक, सांस्कृतिक, सैन्य-प्राविधिक र अन्य क्षेत्रहरूमा आपसी लाभ हुने सहयोग विस्तार गर्न दुवै पक्षले तिनका इच्छा दृढतापर्ूवक व्यक्त गरेको" मात्र उल्लेख छ । (हे. वेबसाइटः www.mid.ru)
गत माघ १९ को शाही कदमलाई "प्रजातन्त्रका लागि धक्का" भन्दै भारत, ब्रिटेन, अमेरिकालगायतका मुलुकहरूले नेपाललाई दिँदै आएका 'घातक सैन्य सहायता' बन्द गरिदिएपछि नेपालको परराष्ट्रनीति चीन, रूस, पाकिस्तान, उत्तरकोरिया, क्यूबा र बर्मालगायतका मुलुकहरूको र्समर्थन जुटाउनेतर्फप्रयत्नरत रहेको देखिन्छ । नेपालको दक्षिणी छिमेकी भारत र प्रजातान्त्रिक पश्चिमा विश्वलाई चिढ्याउने परराष्ट्र मन्त्रालयको चाला देखेर वरिष्ठ कूटनीतिज्ञ यादवकान्त सिलवाल भन्छन्, "अहिले नेपालले आफ्नो परराष्ट्र नीति नै परिभाषित गर्न सकेको छैन ।" उनी भन्छन्, "चीनसँग सर्म्पर्क राख्नु राम्रो कुरा हो, तर राम्रो आर्थिक उन्नति गरिरहेको छिमेकी भारतलाई अवमूल्यन गरेर अगाडि बढ्न सकिन्न  ।"
तर, मन्त्री पाण्डेको नेतृत्वमा रहेको परराष्ट्र मन्त्रालय प्रजातान्त्रिक विश्वलाई चिढ्याउने र नेपालका परम्परागत मित्रहरूको अपमान गर्ने काममा मात्र संलग्न देखिन्छ । राजाको प्रत्यक्ष शासनको विरोध गरिरहेका भारतीय र बेलायती राजदूतलाई शीतलनिवासमा बोलाएर स्पष्टीकरण लिने कामले ती देशहरूसँगको नेपालको सम्बन्धलाई चिस्याउने काम मात्रै गरेको थियो । तर अहिले आएर मन्त्री पाण्डेको निर्देशनमा, उनीसँगै यात्रामा रहेका एकजना वरिष्ठ अधिकारीले मस्कोस्थित नेपाली राजदूतावासको प्याडमा पठाएको वक्तव्य पाण्डे पुत्र निश्चल पाण्डेले विभिन्न समाचारमाध्यममा प्रेषित गरी अघि बढाएको 'झूठको खेती' ले राजाको शासनमा नेपालको परराष्ट्र नीतिलाई
अरू अविश्वसनीय र हास्यास्पद तुल्याउन पुगेको छ ।

स्रोत: हिमाल खबर 

No comments:

Post a Comment